दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका – ६ कोे वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजय हुनुभएको छ । आईतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ४६८ मत सहित उहाँ विजयी हुनुभएको हो ।
निवार्चन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार देव बहादुर थापाले ३०१ मत प्राप्त गर्नु भयो । त्यस्तै अर्का प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार जानकी खड्का कुँवरले ३१ मत प्राप्त गर्नु भयो भने नेकपा माओवादी केन्द्रका उमेदवार देवीलाल थापाले २६ मत प्राप्त गर्नु भयो । १३ मत बदर भएको छ।
एक हजार ५ सय ९३ मतदाता रहेको उक्त वडामा ८ सय ३९ मत खसेको थियो ।
२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले सो पालिकामा ‘क्लीन स्वीप’ गरेको थियो ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...