
दिपायल – डोटीमा गोरु काटेको आरोपमा चार जना पक्राऊ परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ८ सेटीगाउँका सिद्धु नेपालीले खेत जोत्न ल्याएको गोरु काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
मंगलबार साँझ खेत जोत्न ल्याएको गोरु काटेको सूचना प्राप्त भएपछि प्रहरी खटाएर चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका – ८ सेटीगाउँका ३५ वर्षीय शेर दमाई, सोही ठाउँका २३ वर्षीय गणेश भूल, ५५ वर्षीय सकराम ढोली र गोरु मालिक ४८ वर्षीय सिद्धु नेपाली रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
चारै जना मिलेर गोरु काटेको आरोपमा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...