२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

कैलालीबाट लागू औषध सहित २ युवक पक्राउ

धनगढी- कैलालीबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । गौरीगंगा नगरपालिका – ७ लहानुचोक स्थित दिपक धामीको खाली घरको कोठामा शंकास्पद रुपमा बसिरहेका २ युवक लागूऔषध सहित पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका – ८ का २६ वर्षीय रुपेन्द्र कलेल र गौरीगंगा नगरपालिका –लिक्माका २६ वर्षीय पदम बहादुर कलेल रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएकाे छ ।

उनीहरुको साथबाट कोठामा लुकाई राखेको अवस्थामा २ ग्राम ३५१ मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र नाप तौल गर्ने तराजु बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसान्धान गरिरहेको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २३

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP