२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

अत्तरियामा मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ का ४० वर्षीय भरत भाटको मृत्यु भएको छ ।
सोमबार ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका भाटको माया मेट्रो अस्पतालमा उपचारका क्रममा गयराती ११ बजे मृत्यु भएको हो ।
भाटले चलाएको सुपप्र ०१००८प ८९९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको टाउको हात खुट्टामा चोट  लागेको थियो ।
सोही मोटरसाइकलमा पछाडि सवार १७ वर्षीय अनिसा भाट घाइते भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन २२

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP