कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन माग गरिउको छ । विपिन जोशी बेपत्ता भएको एक वर्ष पुग्दा समेत अवस्था अज्ञात रहेकाले जोशीको खोजीकार्य छिटो गरिदिन नेपाल विद्यार्थी संघ कञ्चनपुरले आईतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
‘विपिन संग एक वर्षदेखी सम्र्पक नहुँदा उहाँको परिवार पीडामा छ’ नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य ईन्द्र साउँदले प्रजिअलाई ज्ञापन पत्र बुझाउँदै भने ‘विपिनको अवस्था बारे सरकारले छिटोभन्दा छिटो पत्ता लगाइदिन अनुरोध छ ।’
जोशीको परिवार विपिन आउने आशामा बसेकाले जोशीको यथाशिघ्र खोजीकार्य गरिदिन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको साउँदे बताए । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले ज्ञापनपत्र यथाशिघ्र प्रधानमन्त्री कार्यालय पठाउने जानकारी दिए ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...