२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

नेपालमा कोरोना संक्रमित पत्रकारको संख्या ७ पुग्यो : कपिलवस्तुमा थपिए दुई जना

कपिलवस्तुका दुई पत्रकारलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार कपिलवस्तुमा भेटिएका थप नौ संक्रमितमध्ये दुई जना पत्रकार रहेको कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।  

योसँगै कोरोना संक्रमित पत्रकारको संख्या ७ पुगेको छ।

यसअघि पर्सामा दुई, जनकपुरमा एक,उदयपुरमा एक र बारामा एक पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

आज थपिएका दुई पत्रकार बाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षीय पुरुषहरु हुन ।

यस्तै बिहीबार बुटवलको प्रदेश सभा सचिवालयमा भएको आरडीटी परीक्षणमा प्रदेश ५ का दुई सांसदको नतिजा पोजिटिभ आएपछि उनीहरुको पीसीआर परीक्षण गरिने भएको छ।  उनीहरुमध्ये एक जना बाँके र एकजना रुपन्देहीका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान ९ बजेसम्म नेपालमा कुल ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ ९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP