२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

चितवनको मुग्लिनमा रवि लामिछानेविरुद्ध नाराबाजी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् ।

लामिछानेले शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेका थिए ।

उक्त कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

उनीहरुले सहकारी पीडितलाई न्याय दे, सहकारीको पैसा फिर्ता गरलगायतका नारा लगाएका थिए ।

चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालले सहकारी पीडितले मुग्लिनमा कालोझण्डा र ब्यानर देखाएको र तर लामिछानेलाई सुरक्षित रुपमा पठाएको बताए ।

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ आश्विन १८

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP