२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला

कञ्चनपुरः कञ्चनपुरमा हात्ती मृत फेला परेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवती हात्ती मृत फेला परेको हो।

आज (शुक्रवार) दिउँसो नेपाली सेनाले गस्ती गर्ने क्रममा जंगलमा हात्ती मृत फेला पारेको निकुञ्ज कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी मनोज ऐरले उक्त हात्ती बच्चा जन्माउन नसकेर मरेको बताए।

‘हामीले हात्ती मृत फेला परेको स्थानको बस्तुस्थिति बुझ्दा हात्ती प्राकृतिक कारणले नै मरेको तथ्य फेला पारेका छौँ, ‘उनले भने, ‘निकुञ्ज, पशु चिकित्सकसहित सेनाको टोलीले मृत हात्तीको सदगत गर्ने तयारी गरेका छौँ।’

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP