नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात गर्नका लागि आज, बिहीबार नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसि विद्युत व्यापार निगमबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ।
नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बुधबार काठमाडौंमा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो।
सुनकोशी–३ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत भारत हुँदै बंगलादेशसम्म पुर्याउने सुनिश्चितताका लागि भारत सरकारलाई अनुरोध गर्ने निर्णय समेत बैंठकमा भएको छ।
नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरुको प्राविधिक र आर्थिक पक्षको अध्ययन गर्ने सहमति पनि दुई पक्षबीच भएको सचिव आचार्यले जानकारी दिएका छन्।
नेपालको जलविद्युत क्षेत्रमा लगानीको प्रवर्द्धन गर्नको लागि बंगलादेशको निजी क्षेत्रलाई आकर्षित गर्न व्यावसायिक सम्मेलन आयोजना गर्ने सम्बन्धमा सम्भावनाहरुको खोजी गर्ने सहमति पनि भएको उनको भनाइ छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...