२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा विद्यालयको बसबाट लडेर बालकको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा विद्यालयको बसबाट लडेर घाइते भएका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँका चक्र खातीका ८ वर्षीय छोरा करनको मृत्यु भएको हो ।

उनी शुक्रबार साँझ पुनर्वास’३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा लडेर घाइते भएका थिए । पुनर्वास पोलिक्लिनिक र निसर्ग हस्पिटल धनगढीमा उपचारपछि भारत लगिएका उनको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगर राखिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए । बस र चालक पुनर्वास-५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको उनले बताए ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन १४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP