काठमाडौं । अदालतको मानहानी ठहर भएसँगै सिधाकुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुङ्गाना र प्रकाशक युवराज कँडेललाई तीन-तीन महिनाको जेल सजाय सुनाइएको छ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार ‘विवादित अडिओ’ प्रकरणमा पत्रकारद्वय ढुङ्गाना र कँडेललाई सजाय सुनाएको हो ।
त्यस्तै अडिओ उपलब्ध गराउने राजकुमार तिम्सिनालाई छ महिनाको कैद सजाय सुनाइएको छ । पत्रकारद्वय कँडेल र ढुङ्गानाले माफी मागेको खण्डमा भने सात दिन मात्र कैद भुक्तान गर्नुपर्ने फैसलामा उल्लेख छ ।
“सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेराे प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्ताेता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छाैं,” सर्वोच्चको फैसलापछि पत्रकार ढुङ्गानाले फेसबुकमा लेखेका छन्, “प्रिय पाठक र स्राेताहरू हामी फेरि समाचार लेख्नै आउने छाैँ । हामी समाचार लेख्न नै जन्मिएका हाैं । समाचारकाे धर्मबाट कहिल्यै बिचलित हुने छैनौं ।”
सिधाकुराले गत १४ वैशाखमा युट्युब च्यानल मार्फत ‘४०० बढी भ्रष्टाचार मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन’ शीर्षकमा डार्क फाइल नामकाे कार्यक्रम प्रसारण गरेको थियाे । यसमा अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीश समेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै कार्यक्रम प्रसारण गरिएको थियो ।
उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐन र अपमानजनक व्यवहारसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिधाकुराले प्रसारण गरेको अडिओ कृत्रिम रहेको निष्कर्ष निकालेको थियो ।
दिपायल — नेपाल प्रेस युनियन डोटी शाखाले मिडिया, मिडिया हाउस...