दिपायल– प्राकृतिक तथा धार्मिक रुपमा पर्यटकिय सम्भावना रहेको जिल्ला हो डोटी । स्थानीय तह, प्रदेश र संघिय सरकारबाट यस क्षेत्रको पर्यटकिय सम्भावनाबारे अहिलेसम्म अध्ययन हुन सकेको छैन् ।
९ स्थानीय तह रहेको जिल्लामा एउटै क्षेत्रविशेषमा मात्रै पर्यटनका सम्भावनाहरू छैनन् । ९ वटै स्थानीय तह आ–आफ्नो क्षेत्रभित्र रहेका पर्यटकीय सम्भावनाको प्रवर्द्धनमा लागि रहेको जनाइएको छ । डोटीको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको खप्तड र तेलेलेक वरपर रहेका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रहरु हुन् । दुई हजार २५ वर्गकिलोमिटरमा रहेको जिल्लाको सम्पूर्ण भु–भाग उच्च तथा मध्यम उचाइ भएका पहाडहरुले ओगटेको छ ।
यहाँ खप्तड स्वामी आश्रम, त्रिवेणी, नागढुंगा, हात्तीपाइला क्षेत्र, घोडादाउन्ने पाटन, डाँफेकोट, सहश्रलिङ्ग र खप्तडदह खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने पयवटकीय स्थलहरू रहेका छन् ।
छतिवन ताल (छतिवन), केदारेश्वर मन्दिर, भिमछेदन जशला (सरस्वतीनगर), सेती कर्णाली दोभान (कानाचौर), कोटभैरव (दिपायल) आदि प्रमुख पर्यटकिय गन्तव्य हुन् ।
यहाँ डोटी अलग्गै राज्य भएको समयका पुराना राजकोटहरु (दिपायल) पुरात्त्विक पर्यटकिय स्थलहरु छन् । डोटीको सदरमुकाम सिलगढीमा अवस्थित शैलेश्वरी भगवती क्षेत्र
यस जिल्लाको प्रमखु रमणीय तथा धार्मिक स्थलको रुपमा रही आएको छ ।
यहाँ एतिहासिक, धार्मिक, संस्कृतिमात्र नभई साहसिक (पदमार्ग, र्याफ्टिङ, प्याराग्लाइडिङ), ग्रामीण पर्यटन लगायतको राम्रो सम्भावना छ।
जिल्लामा ६५.८ प्रतिशत भ–भूाग वन क्षेत्रले ओगटेको छ भने वनस्पति तथा वन्यजन्तुले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको छ । यहाँ बाघ, भालु, दुम्सी, स्याल, वाँदर आदि वन्यजन्तु र डाँफे, मुनाल, च्याखुरा, कालिज, ढुकुर आदि चराचुरंगी रहेका छन् ।
डोटी पहाडैपहाडले भरिएको जिल्ला। यसै जिल्लाको मध्य भागबाट प्रवाह भैरहेकी सेती नदीको नामबाट सेती अञ्चलको नामाकरण गरिएको थियो। यस क्षेत्रमा दिपायल, बाण्डुग्रीसैन, तलारा, नारीदाङ्ग जस्ता उपत्यका छन्।
तस्बिरः किसन महराको एल्बम र फायल फोटो हुन् ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...