२०८३ जेष्ठ २०, बुधबार
June 3, 2026, Wednesday

सुनकाे मूल्यमा निरन्तर चाैथाे दिन नयाँ रेकर्ड, चाँदीकाे मूल्य पनि अलटाइम हाइ

असाेज ९ गते, बुधबार, नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । सुनकाे मूल्यले निरन्तर रेकर्ड बनाउन थालेकाे अाज चाैथाे दिन हाे । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आईतबारदेखि सुनको मूल्यले निरन्तर रेकर्ड बनाउदै बढेको हो । आईतबार सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँ र सोमबार प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्यले पनि नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ । यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएकाे हो । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

यसभन्दा पहिले चाँदीको मूल्यले जेठ ७ गतेको रेकर्ड बनाएकाे  हो । साे दिन चाँदीको मूल्य एक हजार ९४० रुपैयाँमा काराेबार भएको थियो ।

 

Related News

शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालिको अध्यक्षमा माझी निर्वाचित 
  • २०८१ आश्विन ९

  दिपायल – शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालि, डोटीको अध्यक्षमा केपी...

TOP