दिपायल– कैलालीको धनगढीमा प्रतिवन्धित औषधि विक्री वितरण गर्ने एक व्यवसायी पक्राउ परेका छन् । कैलाली जिल्ला प्रहरी कार्यालयले मंगलबार साँझ कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने २३ वर्षिय दिपक राज जोशीलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ बैय्यावेहडी स्थित केयर फस्ट फार्मेसीमा प्रतिवन्धित औषधि विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
फर्मेसीबाट प्रतिबन्धित औषधी ट्रामाडोल २१ ट्याब्लेट बिक्रि वितरण गरी रहेको अवस्थामा फेला पारि उक्त औषधि र निजलाई समेत नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...