२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयः अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने

काठमाडौं – मुख्य सचिवको अध्यक्षतामा  बसेको सचिवहरुको बैठकले २४ वटा निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने निर्णय भएको छ।

यसैगरी वर्तमान सरकारको साझा संकल्प तथा नीतिगत प्रतिवद्धतालाई प्रत्येक मन्त्रालयले आ-आफ्नो कार्यक्रममा उच्च प्राथमिकताका साथ समावेश गरी कार्यान्वयन गर्ने,  सम्बन्धित मन्त्रालय वा निकायहरुबाट हालको सरकार गठन भएदेखि १०० दिनभित्र सम्पन्न गर्ने गरी प्रतिवद्धता जनाइएका कार्यक्रमहरूको कार्यान्वयनलाई शीघ्रता दिने निर्णय भएको छ।

यसैगरी  अन्तरमन्त्रालय समन्वयमा प्रभावकारीता ल्याई समयमै कार्यसम्पादन गर्न एक मन्त्रालय/निकायले अर्को मन्त्रालय / निकायमा माग गरेको राय परामर्श, सहमति र अन्य विवरण अनिवार्य रुपमा १५ दिनभित्र उपलब्ध गराउनेसहित २४ वटा निर्णय भएका छन्।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ आश्विन ८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP