२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । वेदकोट नगरपालिका–१ का ५५ वर्षीय टेक बहादुर मल्लको करेन्ट लागेर शनिवार बिहान मृत्यु भएको हो ।

रूखको हाँगा काट्ने क्रममा हाँगा बिजुलीको तारमा खसेर तार चुँडिँदा करेन्ट लागेर घाइते भएका मल्लको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP