डडेल्धुरा- डडेल्धुरामा चरेशसहित २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–७ पोखरा बजारबाट सोही ठाउँ बस्ने ३५ वर्षीय तेज कैनी पक्राउ परेका हुन् ।
उनलाई ८ ग्राम चरेशसहित प्रहरी चौकी पोखराबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जनाएको छ । अजयमेरू गाउँपालिका–६ भण्डारीगाउँबाट पनि सोही ठाउँ बस्ने ४५ वर्षीय राज सिंह भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई ४७.३४ ग्राम चरेशसहित अस्थायी प्रहरी पोष्ट राजुलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले दुबै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...