स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।
कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बगेर एक किशोरको मृत्यु भएको छ । शनिबार महाकाली नदीबाट दाउरा संकलन गर्ने क्रममा बगेर भीमदत्त नगरपालिका –१२ का १८ वर्षीय सौरभ दमाइको मृत्यु भएको हो ।
नदीमा बगेर बेपत्ता सौरभको दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।
उनी सँगै दाउरा संकलन गर्न गएका सोही ठाउँका १५ वर्षीय अबि दमाइ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाले बताए ।
स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...