२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट बैतडीको दशरथचन्द नगरपालिका–४ का २२ वर्षीय रमेश लुहार लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनको साथबाट १ ग्राम ९० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीसँगै कोठामा रहेका अन्य ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । रमेशको साथबाट लागुऔषध बरामद गरिएको, अन्य चार जना उनकै कोठामा भेटिएका तर लागुऔषध नपाइएको हुँदा उनीहरुसँग पुछताछ भइरहेको कञ्चनपुर प्रहरीले बताएको छ ।

अनुसन्धान जारी रहेकाले ती चार जनाको नाम नखुलाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र २७

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP