२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

वीपी राजनीति र साहित्यका पर्याय हुन् : जोशी

कृष्णपुर– नेपाली काग्रेसका संस्थापक वीपी कोइराला राजनीति र साहित्यका पर्याय भएको नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता लेखराज जोशीले बताएका छन् । नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस गुलरियाका ईकाई कार्य समितिले गरेको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

वीपी कोइरालाको १११ अौ जन्मजयन्तीको अवसरमा नेपाल विद्यार्थी संघको तर्फबाट कञ्चन बहुमुखी क्याम्पसलाई पुस्तक हस्तान्तरण गर्दै युवा नेता जोशीले आफ्नो विद्यार्थी जीवन सम्झदै भने,’विद्यार्थीको हक हितका लागि विद्यार्थी जीवनदेखि लड्दै आएको छु ।’ नेता जोशीले कार्यक्रममा बोल्दै वीपी बहुआयामिक व्यक्तित्वको रुपमा रहेको बताए ।

नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्ला सचिव तथा कञ्चन बहुमुखी क्याम्पस गुलरियाका इकाइ कार्य समिति सभापति दिनेश भट्टले क्याम्पसमा विभिन्न विधाका ५८ थान पुस्तक क्याम्पसलाई उपलब्ध गराए । उनले आफू वीपीको अनुयायी भएकाले,उहाको शिक्षा विश्वास र समाजसेवाको मार्गलाई आत्मसात गर्दै क्याम्पसको विकासमा सधै विद्यार्थीको क्षमताले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली कांगेस कञ्चनपुर क्षेत्र न.२ का प्रदेश (क) सभापति पुरन खड्काले नेवि संघले यस्तै कार्यहरु गरेकोमा कांग्रेस हुनुमा आफूले गर्व गरेको बताए । उनले भने,’काग्रेसका भातृ संघ संगठनले दुरदराजमा सामाजिक काम गरिरहेका छन् ।’ कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पदाधिकारी, क्याम्पस प्रमुख, प्राध्यापक ,स्ववियु र विद्यार्थीहरुको उपस्थितिमा क्याम्पसलाई नेवि संघ पुस्तक उपलब्ध गराइएको थियो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र २४

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP