गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राखेर अपव्याख्या गर्न नहुने बताएका छन्।
बुधबार कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले यस्तो बताएका हुन।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी चरित्रलाई थप सुदृढ बनाउनेगरी संविधान संशोधन गरिने भएकाले यसमा शंका नगर्न समेत उनले उल्लेख गरे।
‘संविधान संशोधनको विषयलाई राजनीतिक रुपले शंकाको घेरामा राख्ने, यदाकदा अपव्याख्या गर्ने र यसैमा राजनीति गर्ने उद्देश्य नराख्न अनुरोध गर्दछु,’ नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री लेखकले भने, ‘कतिपय साथीहरू र पार्टीहरू संशोधनको कुरा गर्दा झस्किनुहुन्छ, नझस्किनुस्, राज्यको समावेशी चरित्रलाई थप समावेशी बनाउने गरि संविधान संशोधन गरिनेछ।’
संविधानको भएको व्यवस्थाअनुसार संविधानको अभ्यासका क्रममा देखा परेका सबल र दुर्बल पक्षको समिक्षा गरेर संशोधन गरिने उनले बताए।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...