२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा टेलिकमको टावरमा तोडफोड

बैतडी- बैतडीको सिगास गाउँपालिका–१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा तोडफोड गरिएको छ ।

टावर तोडफोड गरिएको अवस्थामा बैङ्कका कर्मचारीले देखेका हुन् । कृषि विकास बैङ्कमा भदौ १५ गतेबाट इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावरमा राखिएको बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

प्रहरी टोली घटनास्थल गएको र थप अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । प्रहरीले तोडफोड व्यक्ति वा समूह कसले गरेको हो भन्ने एकीन हुन नसकेको जनाएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ भाद्र १९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP