२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

महाकाली नदीमा शव फेला

महाकाली नदीमा रहेको रुखमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार नाम, थर, वतन नखुलेको अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको हो । सो शव कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित खल्ला जाने बाटो नजिक फेला परेको जनाइएको छ ।

यसैबिच, कञ्चनपुरको पुनर्वास नगरपालिका–७ परासनस्थित दाेदा नदीमा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ भाद्र १८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP