२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अछामका भक्त मलेसियामा अस्ताए

धनगढी : अछामका एक युवकको मलेसियामा निधन भएको छ। रोजगारीको सिलसिलामा मलेसियामा रहेका मेल्लेख गाउँपालिका-७ का भक्त साउँदको निधन भएको हो।

४० वर्षीय साउँद काम सकेर कोठामा सुतेका थिए, र बिहान ओछ्यानमै मृत भेटिएका थिए। उनी आउँदो बडादसैंमा घर फर्कने योजनामा थिए र हिजो राति ९ बजे मात्र श्रीमतीसँग कुराकानी गरेका थिए। उनको मृत्युको खबर परिवारले आज बिहान मात्रै पाएको छ।

भक्त साउँदले विगतमा तत्कालीन जनमुक्ति सेनामा काम गरेका थिए। विगत ६ वर्षदेखि उनी मलेसियामा एक कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए। उनका २ छोरा र श्रीमती हाल धनगढीको शिवनगरमा बस्दै आएका छन्।

उनको शव नेपाल ल्याउन आवश्यक कागजात पठाइसकिएको र प्रक्रिया अगाडि बढिरहेको जानकारी उनका आफन्त मोहन साउँदले दिएका छन्।

Related News

बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
बाढी पीडितका लागि सुजङ्ग स्कुलले पठायो २ लाख बढी रकम
  • २०८१ भाद्र १६

  दिपायल – रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण...

TOP