२०८३ कार्तिक ८, शनिबार
October 24, 2026, Saturday

कैलालीको लम्कीमा क्रिनको ठक्करबाट एकको मृत्यु

धनगढी- कैलालीको लम्कीमा क्रिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार राती लम्कीचुहा नगरपालिका – ४ बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको प्र –२–०३–००१ क २०२७ नम्बरको क्रिनले स्थानीय ४२ वर्षीय किरण प्रसाद शर्मालाई ठक्कर दिएको हो । उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्रिनको ठक्करबाट घाईते भएका शर्माको टाउको र छातिमा चोट लागेपछि उपचारका लागि अस्पताल लगिएको थियो । क्रिन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०८१ भाद्र ११

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP