२०८३ कार्तिक १०, सोमबार
October 26, 2026, Monday

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचन : उम्मेदवारी दर्ता सुरु

काठमाडौँ- नेकपा एकीकृत समाजवादीमा १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्यका लागि आज निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ ।

दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सम्पन्न भएपछि आजै दिउँसो २ देखि पाँच बजेसम्म मतदान हुने तालिका छ ।  साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य चयनका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।

Related News

सेती नदी किनारमा युवकको शव फेला
सेती नदी किनारमा युवकको शव फेला
  • २०८१ भाद्र ११

दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...

TOP