धनगढी। जिल्ला समन्वय समिति जिसस अछामका प्रमुख ललितबहादुर कुँवरको क्वाटरमा भएको दारु पार्टीमा लफडा भएको छ । आइतबार राती जिसस प्रमुखको क्वाटरमा नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाह बिच भएको दारु पार्टीमा लफडा हो ।
दुवै बिच हाट हालाहाल हुँदा दुबै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता डिएसपी इश्वरीप्रसाद भण्डारीले जिसस प्रमुख कुँवरको टाउको र प्रवक्ता शाहको हाटमा चोट लागेको छ ।
उनले कुँवरको जिल्ला अस्पताल अछाम उपचार भइरहेको छ प्रवक्ता शाह उपचार पछि घर गइसकेको बताए । उनले दुवै जनालाई बोलाएको बेला आउने गरी कागज गरिएको बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...