२०८३ भाद्र १७, बुधबार
September 2, 2026, Wednesday

अछाममा चट्याङ लागेर २ जना घाइते

धनगढी। अछाममा चट्याङ लागेर २ जना घाइते भएका छन । मेल्लेख गाउँपालिका – ५ बिन्देवासिनी धामी गाउँमा वर्षासँगै सोमबार दिउँसो चट्याङले लागेर २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा ६२ वर्षीय तुले धामी र उनका डेढ वर्षीय नाति गणेश धामी रहेका छन् ।  घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि बयालपाटा ल्याइएको छ ।

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ भाद्र १०

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP