२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

बुण्डेसलिगाको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी शुरुवात

काठमाडौँ । जर्मनीको बुण्डेसलिगामा बायर्न म्युनिखले विजयी शुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले २-१ ले पछि परेको अवस्थामा कमब्याक गर्दै वोल्फ्सबर्गविरुद्ध ३-२ को जित हासिल गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक एक गोल गरेका थिए भए एक गोल वोल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । त्यस्तै वोल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितपछि बायर्न म्युनिखले महत्वपूर्ण ३ अंक हासिल गरेको छ र नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र १०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP