२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी –बैतडीमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहिबार दोगडाकेदार गाउँपालिका २ कफलकोटमा सुपप्र०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक सिल्लेगडा–कटौजपानी कच्ची सडकमा दुर्घटना हुँदा सुर्नया गाउँपालिका – ६ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ बस्दै आएका ३० बर्षीय जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको हो । उनी ट्रक मालिक हुन ।

दुर्घटनामा सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका चालक ३८ बर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ घर भएका राजेन्द्र राना घाइते भएका छन् ।

घाइते मध्ये चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ भाद्र ७

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP