२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

अस्पतालमा डाक्टर पठाइदिन माग

धनगढी । बैतडी जिल्ला अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक र डिजिटल एक्सरे मेसिन माग गर्दै स्थानीयले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । विसं २०३३ मा स्थापना भएको जिल्ला अस्पताल बैतडीलाई १५ शय्याबाट स्तरवृद्धि गरी ५० शय्याको भवन निर्माण गरिँदा पनि अस्पतालले स्वीकृति पाउन सकेको छैन । यहाँ दरबन्दीका एक जना मात्रै चिकित्सक कार्यरत छन् ।

भारतसँग सीमा जोडिएको यस जिल्लामा दक्ष चिकित्सक नहुँदा अधिकांश बिरामी उपचार गर्न भारत जानुपर्ने बाध्यता छ । प्रशासन कार्यालयमार्फत सुदूरपश्चिम प्रदेश सरकारलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै बजेट निर्माणको पूर्वसन्ध्यामा प्रदेश सरकारको ध्यानाकर्षण गराइएको नागरिक अगुवा महेशदत्त भट्टले बताए । ज्ञापनपत्रमा ५० शय्याको अस्पताल स्वीकृत, विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत, डिजिटल एक्सरे मेसिन, फिजियोथेरापी स्टेप मेसिन र हड्डी भाँचिएका बिरामीको उपचारका लागि सिएम मेसिन उपलब्ध गराइदिन अग्रह गरिएको छ ।

आठ वर्षअघि सरकारले १५ शय्याको अस्पताल स्तरवृद्धि गरी ५० शय्यामा पु¥याउन १३ करोड रुपियाँ लगानी गरी भवन बनाएको थियो । भवन बने पनि चिकित्सक नआएको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताए ।

अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा स्थानीयवासी स्वास्थ्य उपचारका लागि आफ्नो जायजेथा बेचेर भारत वा नेपालका अन्य सहर धाउन बाध्य भएका नागरिक अगुवा भट्टले बताउनुभयो ।नागरिक अगुवाले स्वास्थ्य सेवासम्बन्धी माग राखी बुझाएको ज्ञापनपत्र प्रदेश सरकारसमक्ष पठाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ भाद्र १

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP