२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

३४ प्रहारको पेनाल्टी सुटआउटमा पानाथिनाइकोसविरुद्ध आयाक्सको रोमाञ्चक जित

काठमाडौँ- युरोपा लिग छनोटको प्ले अफ राउन्डमा ३४ प्रहारसहितको रोमाञ्चक पेनाल्टी सुटआउटमा आयाक्सले पानाथिनाइकोसलाई हराएको छ।

गएराति भएको प्ले अफ छनोट चरणमा आयाक्सले पानाथिनाइकोसविरुद्ध १३–१२ गोलअन्तरको रोमाञ्चक जित दर्ता गरेको हो।

पहिलो लेगमा आयाक्सले १–० ले अग्रता बनाएको थियो। तर दोस्रो लेगको ८९औँ मिनेटमा पानाथिनाइकोसका टेटेले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि थप भएको ३० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

जहाँ आयाक्सले १२ का विरुद्ध १३ गोल गरेर जित हात पार्न सफल भयो। जितसँगै आयाक्सको लिग चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

कूल २५ मिनेट चलेको पेनाल्टी सुटआउटमा ३४ पेनाल्टी प्रहार भएका थिए।

आयाक्सको जितमा डिफेन्डर एन्टोन गाइले निर्णायक गोल गरे। खेलमा ४० वर्षीय गोलरक्षक रेम्को पासबिरले ५ पेनाल्टी बचाए भने १ गोल गरे।

नेदरल्यान्ड्सका फरवार्ड ब्रायन ब्रोबेले २ पेनाल्टी प्रहार बचाए।

आयाक्सका फ्रान्सेस्को फारियोलीले २५ मिनेटसम्म भएको पेनाल्टी सुटआउट अविश्वसनीय भएको बताए।

उनले भने- आज राति टोलीको भावना र समर्पण अद्‌भूत थियो।

युरोपेली प्रतियोगितामा यो दोस्रो ठूलो पेनाल्टी सुटआउट स्कोर हो।

यअसघि गत सिजन कन्फरेन्स लिग छनोटमा ग्लेन्टोरन जिरा युनाइटेडसँग १४–१३ ले हारेको थियो।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण ३२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP