कैलाली । कैलालीको धनगढीमा पहिलो पटक स्केटिङ प्रतियोगिता आयोजना गरिएको छ ।
कैलाली उद्योग वाणिज्य सङ्घ मा रहेको अमेरिकन कर्नर ले धनगढीमा प्रतियोगिता आयोजना गरेको हो । युवा दिवसको अवसर आयोजना गरिएको प्रतियोगितामा ५० जना सहभागी थिए ।
प्रतियोगितामा रोहन चौधरी र एन्जीला लिम्बु प्रथम भएका थिए। दोस्रो स्थानमा आदित्य चौधरी आउँदा निरजन रावत तेस्रो र आर्यन लिम्बु जुनियर विजेता भए ।
अमेरिकन कर्नर धनगढीका व्यवस्थापन समितिका संयोजक सुरेश पाण्डेयले युवाहरूमा थप सक्रिय र स्वस्थ जीवनशैलीलाई प्रोत्साहित गर्ने प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...