दिपायल– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुको भिड व्यवस्थापन गर्न तथा सेवाग्राहीलाई सहज र सुलभ सेवा प्रवाहका लागि ९ बुँदे निर्णय गरेका थिए। उक्त निर्णय अनुसार अस्पतालहरुले सेवा सुधारका लागि गरेका कामहरुको विवरण मन्त्रालयमा पठाएका छन्। १७ वटा संघीय अस्पताल र प्रतिष्ठानहरुले सेवा प्रभावकारी बनाउन र अस्पतालमा हुने भिडभाडलाई कम गर्न विभिन्न उपायहरु अवलम्बन गरेको जानकारी मन्त्रालयलाई गराएका हुन्।
सुदूरपश्चिमकै एकमात्र संघिय अस्पताल डडेलधुराले पनि आफना सेवामा सुधार गर्न ओपीडि सेवा विहान ९ बजेदेखि ५ सम्म गर्नुका साथै भुक्तानी रकम विद्युतिय माध्यमबाट गर्न सक्ने उपायहरु अवलम्बन गरेको छ ।
क. ओ पी डी सेवा बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म सुरु गरिएको।
ख. विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालन गरिएको।
ग. चिकित्सकको राउण्ड, बिरामी भर्ना, बिरामी डिस्चार्ज बिचको समयको तादम्यता मिलाउँदै शय्या नपाउने अवस्थाको अन्त्य गर्ने प्रक्रिया प्रारम्भ गरिएको।
घ. ओ पी डी एवं शल्यक्रियाहरुमा आवश्यक भौतिक संरचना तथा जनशक्तिको कमी भएकोमा हाल नयाँ भवन मार्फत् सेवा सञ्चालन गर्ने तयारी रहेको।
ङ. स्वास्थ्य बीमा कार्यक्रमबाट उपलब्ध गराइने सवै औषधि अस्पतालको बीमा फार्मेसीमा पर्याप्त राखि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको।
च. अस्पतालमा सेवाग्राहीहरुको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट व्यवस्थापन, अनलाइन समय व्यवस्थापन (टोकन नं. अनुसारको समय जानकारी गराउने), विद्युतिय भुक्तानी प्रणालीलागु गर्ने लगायतको कार्य अगाडिबढाउन पहल गरिएको।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...