जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा १५ लाख बराबारको क्षति पुगको बताए।
पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ।
डिलाशैनी गाउँपालिकाकाका अध्यक्ष सन्तोष जोशीले पहिरो पीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा गरिने बताए।
यसैबीच वर्षातका समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ।