२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

जसले पेरिस ओलम्पिकमा सबैभन्दा बढी पदक जितिन्

फ्रान्सको राजधानी पेरिसमा जुलाई २६ देखि सञ्चालित ओलम्पिक खेलकुद प्रतियोगिता आइतबार (अगस्ट ११) समापन भएको छ।

यस ओलम्पिकमा चीनकी झाङ युफेईले सबैभन्दा बढी पदक जितेकी छन्। उनले ६ पदक जितेकी हुन्।

पेरिस ओलम्पिकको वेबसाइटअनुसार झाङले यी पदक पौडीमा जितेकी हुन्। उनले ५ कास्य र १ रजत पदक जितेकी छन्।

फ्रान्सका लियोन मार्चान्ड दोस्रो स्थानमा छन्। उनले ५ पदक जितेका छन्। लियोन पनि पौडी खेलाडी नै हुन्। उनले ४ स्वर्ण र १ कास्य पदक जितेका छन्।

पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिका १२६ पदक (४० स्वर्ण, ४४ रजत र ४२ काँस्य) सहित शीर्ष स्थानमा छ भने चीन ९१ पदक (४० स्वर्ण, २७ रजत र २४ कास्य) सहित दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा रहेको जापानले कूल ४५ पदक जितेको छ, जसमध्ये २० स्वर्ण छन्। कुनै पदक नपाएका करिब ११४ देश छन्।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP