२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

शुक्लाफाँटामा अजिंगर फेला

कञ्चनपुर— शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा शनिबार दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो ।

आठ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । ‘अजिंगर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा अजिंगर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुन्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।’ निकुन्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुन्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् ।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुन्जका कर्मचारीलाई बुझाइएको थियो ।

 

 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण २७

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP