२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

कञ्चनपुरमा दुई बालबालिकाको पानीमा डुबेर मृत्यु, एक बालिका घाइते

कञ्चनपुर– कञ्चनपुरमा दुई बालबालिकाको पानीमा डुबेर मृत्य भएको छ । शुक्लाफाँटा नगरपालिका–४ मा माछा पोखरीमा नुहाउने क्रममा सोही ठाउँकी १३ वर्षीया विपना चुनाराको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ ।

सोही पोखरीमा डुबेर अर्की बालिका घाइते भएकी छिन् । १३ वर्षीया दिविका सुनारलाई घाइते अवस्थामा उद्दार गरिएको र उनको उपचार भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, भीमदत्त नगरपालिका–१९ बागँफाटामा वडा कार्यालय पछाडि रहेको पानीको तलावमा डुबेर सोही ठाउँका ५ वर्षीय सुर्जित रानाको मृत्यु भएको छ । रानालाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा बुधबार चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८१ श्रावण २४

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP