अत्तरिया– कञ्चनपुरबाट प्रहरीले कुर्ता धोती लगायतका अवैध सामान बरामद गरेको छ । बुधबार भीमदत्त नगरपालिका –१२ भाईरल रोडबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका अवैध सामान बरामद गरिएका हुन ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलीले अन्दाजी १ लाख ७४ हजार १ सय बराबरको अवैध सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
जसअन्तर्गत कुर्ता, धोती, बटन स्विच, मोटरसाइकलको ट्युब, कस्मेटिक सामान, किरानाका सामान लगायतका सामानहरू रहेका छन् ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...