२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा दुई जना मृत फेला

बैतडी– बैतडीमा अलग–अलग ठाउँमा दुई जना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका १ रडमाकी १७ बर्षीया मनिषा दयाल सोमबार मृत फेला परेकी हुन् । घर नजिकैको भिमलको रुखमा झुण्डिएको अवस्थामा मनिषाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा पढ्दै गरेकी मनिषाले किन् आत्महत्या गरिन् भन्ने कुुरा खुलेको छैन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिका ६ रीगाका ५१ बर्षीय रामबहादुर कुँवर पनि मृत फेला परेका छन् । घर नजिकैको फलाँटको रुखमा कुँवर झुण्डिएको अवस्थामा देखेपछि स्थानीयहरुले मंगलबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा आत्महत्याका घटना भयावह रुपमा बढ्दै गएका छन् । आत्महत्या रोकथामका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेका भएपनि आत्महत्या गर्नेको संख्यामा कमी आउन सकेको छैन् ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP