२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

बैतडीमा बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ

बैतडी– बैतडीमा बलात्कारको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका-१ मा पर्ने भवानीश्वरी आधारभूत विद्यालय झलेका ३९ बर्षीय प्रधानाध्यापक गोविन्द खडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

१९ गते ४० बर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी इलाका प्रहरी पाटनमा दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

जिल्ला अदालत बैतडीबाट सात दिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि इलाका प्रहरी पाटनले अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP