२०८३ असार १६, मंगलवार
June 30, 2026, Tuesday

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितको टिम ५२ रनमा अलआउट

काठमाडौं– क्यानडाको ग्लोबल टी–२० लिग अन्तर्गत गएराति भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल सहभागी टोरोन्टो नेसनल्स ७ विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको टोरोन्टोले ११.१ ओभरमा अलआउट हुँदा मात्र ५२ रन बनाएको थियो ।

टस जितेर सुरुमा फिल्ड रोजेको मोन्ट्रियल टाइगर्सका बलरसामू टोरोन्टोका कुनै पनि ब्यासम्यान टिक्न सकेनन् । उसका लागि जतिन्द्रपाल मथारुले १२ रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसकेका हुन् ।

टोरोन्टोलाई सस्तैमा समेट्न मोन्ट्रियलका लागि कलीम सानाले तीन ओभर बलिङ गर्दा १३ रन खर्चिएर चार विकेट लिए भने अजमातुल्लाह उमरजाई चार ओभर बलिङ गर्दै तीन विकेट लिए । टाइगर्सको आक्रामक बलिङविरुद्ध टोरोन्टोका कुनै ब्याट्सम्यान टिक्न नसक्दा ११.१ ओभरमा ५२ रनमा अलआउट भएको हो ।

५३ रनको लक्ष्य पछ्याएको मोन्ट्रियलका लागि कप्तान टिम सेफर्टले नटआउट सर्वाधिक १५ रन बनाए । उसका लागि दिलप्रीत बाजवाले १२ रन जोडेका थिए । मोन्ट्रियलले ११।३ ओभरमा ३ विकेटको क्षतिमा ५६ रन बनाएको हो । यो जितसँगै मोन्ट्रियल ९ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

यो हारसँगै दोस्रो स्थानमा रहेको रोहितको टिम टोरोन्टो भने ७ अंकसहित चौथो स्थानमा झरेको छ । नेपालका सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीको टिम भ्यानकुभर नाइट्सभने तीन अंकसहित तालिकाको पुछारमा छ ।

सुरुवाती खेल खेलेका नेपाली कप्तान पौडेल पछिल्ला तीन खेलमा भने बेन्चमा छन् ।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २२

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP