२०८३ असार २७, शनिबार
July 11, 2026, Saturday

लिपुलेक अतिक्रमणको विरोध गर्ने नेविसंघ अध्यक्ष, महामन्त्रीसहित सय बढी नेता कार्यकर्ता पक्राउ

शिस डेस्क- भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका नेवि संघ केन्द्रीय अध्यक्ष, महामन्त्री लगायत एक सय बढी नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले माइतीघरबाट सोमबार दिउँसो अध्यक्ष राजिव ढुङगाना, महामन्त्रीहरु बलदेव तिमिल्सिना, युवराज पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई, प्रभात दाहाल, नेविसंघ डोटीका पूर्वअध्यक्ष सोपान सिंह बोहरा, नेविसंघ नेता उत्तम साउँद सहितका १०० भन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेको हो ।

भारतले यसअघि लिपुलेकसहितको नेपाली भूमि समेटेर नक्सा बनाएको र हाल उक्त क्षेत्रमा सडक बनाउँदै उद्घाटन गरेपछि त्यसविरुद्ध व्यापक विरोध भइरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्

Related News

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको नियमित खर्च प्रणाली बन्द
  • २०७७ बैशाख २९

एकै दिन ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, चालु आर्थिक वर्षको...

TOP