धनगढी– सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियूक्त भएका छन् सुरेन्द्रसिंह पाल । नेकपा एमालेबाट सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियूक्त गरेका हुन् ।
२२ वर्षकै उमेरमा नेकपा एमालेको पार्टी सदस्यता लिएका उनी २०५४ सालमा बैतडीको रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भएका थिए । सो समयमा उनी २४ वर्षका थिए । एमालेमै सक्रिय राजनीति गरेका उनी २०५५ मा जिल्ला कमिटि सदस्य र २०६७ सालमा जिल्ला सचिव भए । २०७१ सालदेखि हालसम्म उनी जिल्ला कमिटि अध्यक्ष छन् ।
२०७९ सालको निर्वाचनमा बैतडी क्षेत्र नम्बर १ (१)बाट निर्वाचित भएका पालले एक महिनाअघिसम्म प्रदेशको आर्थिक मामिला मन्त्री भएर काम गरिसकेका छन् । केन्द्रको सत्ता समिकरणसंगै उनले राजीनामा दिएका थिए । सोमबार तीनै पालले प्रदेशको भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्री पाल २०४६ सालको ऐतिहासिक जन आन्दोलनको प्रत्यक्षदर्शी हुन् । २०६२/६३ को दोस्रो जन–आन्दोलनमा राजनीतिक दलको तर्फबाट भुमिका खेलेका उनी हालसम्म निरन्तर राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय छन् ।
योगदान:
-नेकपा (एमाले) जिल्ला कमिटी सचिब भए यता पार्टीको आन्तरिक एकता र अन्तर पार्टी समन्वयको वातावरण निर्माण गरेर जिल्लाबाट सकारात्मक सन्देश दिन सफल
-पार्टी भित्रको गुटबन्दीलाई निरुत्साहित पारेर बलियो एकता प्रस्तुत गरिएको र पार्टीलाई जिल्लामा पहिलो शक्ति निर्माण गर्न भुमिका खेलेको
-पार्टीको जिल्ला अध्यक्ष भए पश्चात गुटबन्दीको अन्त्य र नेताहरुमा अपन्त्वको भावना जागृत भएको
-२०७० साल यताका प्रत्येक निर्वाचनमा पार्टीलाई सफलता प्रदान गर्न महत्वपूर्ण भुमिका खेलेको
-पार्टीमा एकता र समन्वयको वातावरण सृजना गरि पार्टी पंक्तिलाई जनताको बिचमा सकारात्मक उर्जाका साथ सधै उभ्याउन सफल
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...