दिपायल– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका नेता हिरा सार्कीलाई मन्त्रीमा नियूक्त गरेका छन् । सोमबार सार्कीलाई शाहले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी दिए ।
नेकपा एमालेको राजनीतिमा सक्रिय हिरा जातिय मुक्तिका योद्धाका रुपमा चिनिन्छन् । २०५५ देखि २०६६ सम्म नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय कमिटी सचिवालय सदस्य र सुदूरपश्चिम इन्चार्ज भएर र २०६७ जेठ देखि नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय उपाध्यक्षमा रही निरन्तर २०७८ चैत्र १५ सम्म जातीय मुक्तिका लागि आवाज उठाउँदै आएका थिए ।
मन्त्री सार्कीले जातीय मुक्तिको आवाजसंगै पार्टीका विभिन्न पदमा रही जिम्मेवारी बहन गरिसकेका छन् । तीनै सार्कीलाई दोस्रो पटक मुख्यमन्त्री शाहले मन्त्री बनाएसंगै समावेशी र समानुपातिक मन्त्रीमण्डल बनाउने प्रयास पनि भएको छ ।
राजनीतिक यात्रा:
-२०३६ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा खटिएर काम गरेको ।
-२०३९ सालमा साविकको महेन्द्रनगर नगरपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएको ।
-२०३९ साल असार २ गते भएको निर्वाचनमा जिल्ला पञ्चायतको उपसभापति पदको जनपक्षीय उमेदवार भएर चुनाव लडेको ।
-२०४७ देखि २०४९ साल सम्म नेकपा मानन्धर समुहमा संगठित सदस्य लिएर वडा कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको ।
-२०४९ सालमा नेकपा (एमाले) र मानन्धर समुह एकीकरण भई नेकपा (एमाले) हुँदा विभिन्न कमिटीमा रही काम गर्दै आएको ।
-२०५१ देखि २०६९ सालसम्म नेकपा (एमाले) जिल्ला कमिटीमा रहेर काम गरेको ।
-२०७० देखि २०७२ सम्म नेकपा (एमाले) को प्र्रतिनिधि परिषद् सदस्य ।
-२०७२ सालकोे संविधान घोषणापछि २०७३ पछि पार्टीको प्रदेश कमिटीमा रहि २०७८ भाद्र सम्म काम गरेको ।
-२०७८ असोज देखि हाल सम्म नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद् सदस्य ।
अनुभव/योगदान
-२०५८ सालमा राष्ट्रिय विकास परिषदको सदस्य भई ९ औ पञ्चवर्षीय योजनामा भाग लिने अवसर प्राप्त भएको ।
-मुक्ति समाजको नेतृत्वमा संयुक्त नागरिक मञ्च (दलित नेटवर्क) को अध्यक्ष भई दोस्रो जनआन्दोलनको नेतृत्व गरेको ।
-२०४० देखि २०४२ सालसम्म भृकुटी उच्च माविको सदस्य भई काम गरेको ।
-२०६५ सालमा ६ महिना शुक्लाफाँटा वन्यजन्तु आरक्ष जग्गा समस्या समाधान समितिको अध्यक्ष भई काम गरेको ।
-२०६७/२०६८ सम्म निङलाशैनी उच्च माविको सदस्य भई काम गरेको ।
-२०६९ देखि २०७० सम्म पि.टी.ए. अध्यक्ष भई काम गरेको ।
-२०७२/७३ सम्म निङलाशैनी उच्च माविको अध्यक्ष भई काम गरेको ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...