२०८३ भाद्र १८, बिहीबार
September 3, 2026, Thursday

सुनको मूल्यले पुनः बनायो नयाँ रेकर्ड, अब एक तोला किन्न डेढ लाख चाहिने

काठमाण्डौ– घरेलु बजारमा आज सुनको सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ५ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

 

Related News

शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
शिखर नगरपालिकाद्वारा प्रधानमन्त्री राहत कोषमा २२ लाख सहयोग
  • २०८१ श्रावण २१

दिपायल – डोटीको शिखर नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,...

TOP