२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । भीमदत्त नगरपालिका–१ भाँसी प्रगती टोलबाट सोही ठाउँ बस्ने ४४ वर्षीय सुवास विष्ट र वेदकोट नगरपालिका–८ बस्ने २० वर्षीय हर्केश धानुक आइतबार पक्राउ परेका हुन् ।

दुबै जनालाई ३९० मिलिग्राम लागुऔषध (खैरो हिरोइन)सहित नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।

त्यस्तै भीमदत्त–१ बाराकुण्डाबाट सोही ठाउँ बस्ने २२ वर्षीय हरिश भण्डारी १४० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । उनको घरबाटै लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण २१

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP