२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

कञ्चनपुरमा बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई १ लाख सहयोग

कञ्चनपुर– कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा बाघको आक्रमणबाट ज्यान गुमाएकी महिलाको परिवारलाई हिमालयन मध्यवर्ती उपभोक्ता समितिले किरिया खर्च स्वरुप आर्थिक सहयोग गरेको छ ।

समितिले बाघको आक्रमणबाट ज्यान गुमाएकी दोधारा चाँदनी–२ की २६ वर्षीया हिरा शाहको परिवारलाई किरिया खर्चस्वरुप १ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । राहत उपलब्ध गराउने कोषबाट काजकिरिया खर्चबापत एक लाख रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको समितिले जनाएको छ ।

गत बिहीबार बिहान घाँस काटिरहेकी शाहको बाघले आक्रमण गर्दा ज्यान गएको थियो । दोधराचाँदनी नगरपालिकाले यसअघि घटना घटेको दोस्रो दिन किरिया खर्च स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

 

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ श्रावण २०

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP