२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

सरकारी कार्यालयमा स्तनपानकक्ष नहुँदा टीकापुरका नवप्रसूतीहरूलाई समस्या

धनगढी– स्थानीय वीरमा गुरुङका सासूबुहारी गत शुक्रबार दूधे बालिका लिएर टीकापुरस्थित इलाका प्रशासन कार्यालयमा गएका थिए, त्यहाँ स्तनपानकक्ष नहुँदा बुहारीले पाँच घण्टासम्म नातिनीलाई दूध खुवाउन नपाएको वीरमाले गुनासो गरिन्। ‘काम विशेषले त्यहाँ गएका त्यहाँ थियौँ, सेवाग्राहीको चाप थियो, बच्चालाई दूध चुसाउने ठाउँ पाइएन’, उनले भनिन्, ‘वरिपरिका खाजा पसलमा पनि भीड थियो, नानीले पाँच घण्टासम्म दूध खान पाइन, साह्रै पीडा भयो।’

टीकापुरकै रिमा थापा चार महिनाको बच्चा लिएर बिहीबार बिहान टीकापुर अस्पतालमा पुगेका थिए। बच्चालाई लाइनमा बसेर उपचार गर्दा घण्टौँ लाग्यो । सयौँ बिरामीको भीड हुने अस्पतालमा स्तनपानकक्ष नभएकाले उनले पनि बच्चालाई सहज रूपमा स्तनपान गराउन सकिनन्। छेउकुना लागेर सङ्कोचपूर्वक मजेत्रोले ढाकेर नानीलाई दूध चुसाएको उनले बताइएन्।

पोषणविज्ञहरूका अनुसार शिशुलाई आमाको दूध अमृत समान हो । छ महिनासम्म निरन्तर खुवाउनुपर्छ । छ महिनापछि पनि पोषिला खानेकुरासँगै दुई वर्षसम्म आमाको दूध अनिवार्य रूपमा खुवाउनुपर्छ । स्तनपानबारे नवप्रसूताहरूलाई सिकाउने गरेको टीकापुर–८ का महिला स्वास्थ्य स्वयंसेविका मीना टमटा बताउँछिन्। ‘हामीले शिशुलाई छ महिनाको हुँदासम्म २४ घण्टामा १० देखि १२ पटकसम्म दूध चुसाउनुपर्छ, छ महिनापछि आमाको दूधसँगै थप खानेकुरा खुवाउन सिकाउने गरेका छौँ’, उनी भन्छिन्। शिशुलाई स्तनपान नगराउँदा स्वास्थ्य कमजोर हुनुका साथै विभिन्न रोग लाग्न सक्छन् ।

सत्ती सहरी स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक हिमाल सारुमगर स्वास्थ्य संस्थामा स्तनपानकक्ष नभएकाले आमाहरूलाई कठिनाइ भइरहेको बताउँछन्। स्तनपान गराउने आमालाई सहज वातावरण चाहिन्छ । कार्यालय, सङ्घसंस्था वा घर सबै ठाउँमा आमाले सहज रूपमा दूध चुसाउने स्थान बनाउनुपर्नेमा उनको जोड छ ।

टीकापुर नगरपालिका कार्यालय र विजयनगर सहरी स्वास्थ्य केन्द्र गरी दुई ठाउँमा स्तनपानकक्ष निर्माण छन् । यी स्तनपानकक्ष पनि फाट्टफुट्टमात्र प्रयोग हुने गरेको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल बताउँछन्। ‘स्वास्थ्य संस्थामात्र होइन, सेवाग्राही आउने हरेक कार्यालयमा स्तनपानकक्ष आवश्यक छ’, उनले भने।

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूले पुराना भवनमा स्तनपानकक्ष नभए पनि अब बन्ने भवनमा स्तनपानकक्षको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण २०

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP