२०८३ असार १७, बुधबार
July 1, 2026, Wednesday

कैलालीका थप एक जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २३ पुग्यो

धनगढी– कैलालीका थप एक जनामा हैजा पुष्टि भएको छ । कैलालीमा पर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १ का थप एक जनाका हैजा पुष्टि भएको हो ।

योसँगै देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।ईडीसीडीका अनुसार कैलालीमा मात्रै हैजाका बिरामीको सङ्ख्या ८ पुगेको छ । यस्तै, काठमाडौँको टोखाका १ जनामा हैजा देखिएको छ ।

सबै भन्दा धेरै ललितपुरको गोदावरी, ग्वार्को, इमाडोल लगायत विभिन्न स्थानका १४ जनामा हैजा सङ्क्रमण फेला देखिएको थियो । यिनीहरू निको भइसकेको स्रोतले जनाएको छ ।

दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।

 

 

Related News

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३ लाख नयाँ सदस्य थप्ने लक्ष्य
  • २०८१ श्रावण १८

नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीमा चुनौती: सदस्यता विवाद कायमै, ३...

TOP